५० दिनपछि मे १२ देखि भारतमा रेल सेवा सञ्चालन हुने

५० दिनपछि मे १२ देखि भारतमा रेल सेवा सञ्चालन हुने

काठमाण्डौ – ५० दिनको रोकपछि मंगलबारबाट भारतमा रेल सेवा सञ्चालन हुने भएको छ।

यद्यपि सबै रेल एकै पटक चल्ने छैनन्। सुरुमा १५ जोडा रेल सञ्चालन हुने भारतीय रेलवेले जनाएको छ।

ती रेल नयाँ दिल्लीबाट दिब्रुगढ, अगरतला, हावडा, पटना, बिलासपुर, राँची, चेन्नईलगायतका स्थानमा जानेछ। यसबारे राज्यहरुलाई आइतबार जानकारी दिइएको छ।

सोमबारबाट रेलको अनलाइन बुकिङ सुरु हुनेछ।

टिकट भएका यात्रुलाई मात्र स्टेसनमा प्रवेश दिइनेछ। यात्रु सबैलाई अनुहार ढाक्न अनिवार्य गरिएको छ। कुनै लक्षण नभएकाले मात्र यात्रा गर्न पाउने छन्। एजेन्सी

Dipu Barnawal
author

Related Articles

Leave a Reply