साग पुरुष फुटब : फाइनलका लागि नेपाल र बंगलादेशको खेल सुरु

साग पुरुष फुटब : फाइनलका लागि नेपाल र बंगलादेशको खेल सुरु

काठमाडौं — नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलका लागि बंगलादेशसँग खेल्दै छ। खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु भएको छ।

शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले हराउँदै नेपालले फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्न लागेको हो।

शनिबारको खेलमा माल्दिभ्सका इब्राहिम हुसेनले १८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि नेपालका लागि अभिषेक रिजालले ४३औं मिनेटमा बराबरी गोल फर्काए। ५२औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई जिताएका थिए। अनन्तले सुनिल बलको कर्नर पासमा गोल गरेका थिए। त्यसपछि रक्षात्मक खेल खेलेको नेपाल रणनीतिमा सफल भएको थियो।

शनिबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ३-० गोलले हराएउँदै फाइनल प्रवेश गरिसकेको छ।

भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको हो। भुटानले चार खेलबाट नौ अंक बनाएको छ।

दोस्रो स्थानमा रहेको नेपालको तीन खेलबाट सात अंक पुगेको छ। तेस्रो स्थानमा रहेको बंगलादेशको चार अंक छ। दुई दुई अंक बनाएका माल्दिभ्स र श्रीलंका बाहिरिएका छन्।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलमा शीर्ष दुई टोली फाइनल पुग्नेछन्। लिग चरणमा तेस्रो हुने टोलीलाई सोझै कांस्य पदक प्रदान गरिनेछ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply