संसदीय समितिले गुठी विधेयकको विषयमा विज्ञहरुसंग छलफल गर्ने

संसदीय समितिले गुठी विधेयकको विषयमा विज्ञहरुसंग छलफल गर्ने

काठमाडौं । संसदमा पेश भएको गुठी सम्बन्धी विधेयकको विषयमा संसदीय समितिले विज्ञसंग छलफल गर्ने भएका छन् । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकको विषयमा विज्ञहरूसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो।

गुठी विधेयक फिर्ता लिन भइरहेको चौतर्फी माग र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सरोकारवाला निकायहरूले सरकारलाई दबाब दिइरहेका बेला सो सम्बन्धमा विज्ञहरुसंग छलफल गर्ने भएको हो ।

सामुहिक छलफल बैठकमा विज्ञहरू केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशी रहने समितिको निर्णयमा उल्लेख छ ।

Avatar
administrator

Related Articles

Leave a Reply