वडाअध्यक्षले रोकेपनि गुणस्तरहिन चालम वितरण गराउने मेयर सरावगीलाई कारवाही गर्न पार्टीको माग

वडाअध्यक्षले रोकेपनि गुणस्तरहिन चालम वितरण गराउने मेयर सरावगीलाई कारवाही गर्न पार्टीको माग

वीरगंज – लकगाउनको बेला गरिब तथा विपन्न परिवारलाई राहत हुने गरी वीरगंज महानगरपालिकाले गुणस्तरहिन तथा कुहिएर डल्लो परेको चामल पठाएकोप्रति समाजवादी पार्टी वीरगंज महानगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको छ ।

बिहीबार वीरगंज वीरगंज महानगरपालिकाले वडा नं. १४ पिपरा टोलमा वितरण गर्न पठाएको चालम गुणस्तरहिन भएको वडाअध्यक्ष भरत कुर्मीले भनिरहँदा पनि महानगरपालिकाको नेतृत्वले उनलाई सवालको घेराभित्र पारेको सपा वीरगंज महानगर कमिटिको ठहर छ ।

सपा वीरगंज महानगर कार्य समिति पर्साका अध्यक्ष ईश्वरचन्द्र यादवले आज प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो घटनाप्रति महानगरपालिकाको कार्यालयले नगर कार्य समितिका सदस्य रहने निर्वाचित वडाअध्यक्ष उपर छानबिन गर्न कार्यपालिका मातहतकै कर्मचारी पठाउनु लोकतान्त्रिक विधि प्रकृया र मुल्य मान्यताको बर्खिलाफ भएको बताएको छ ।

यस्ता घटनाप्रति छानबिन गर्नको लागि अधिकार प्राप्त सारकारको अंगले कुनै उजुरी वा गुनासो आएपछि प्रयोजनले बहाल गरिएको राष्ट्रसेवक कर्मचारी परिचालन गर्नु बेग्लै कुरा हो तर लोकतान्त्रिक विधि र प्रकृयालाई अंंगिकार गर्ने समाजवादी पार्टीबाटै निर्वाचित मेयर विजय सरावगीले पार्टीको भावना विपरित काम गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सपा र रापपा एकिकरण भएर गठित जनता समाजवादी पार्टीको प्रकृया थप अगाडी बढाउने हाम्रा श्रध्येय नेताहरु लागेको बेला वीरगंज महानगरका मेयर बिजय सरावगीले गरेको यस्तो हर्कत पार्टीको विधि र सिद्धान्त विपरित भएकोले यसमा आवश्यक कारवाही अगाडी बढाउन प्रदेश र केन्द्रिय समितिलाई आग्रह गरेको छ ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply