यूएईबाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएको पहिलो उडान नै रोकियो

यूएईबाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएको पहिलो उडान नै रोकियो

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएको पहिलो उडान नै रोकिएको छ ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यूएईमा शुक्रबार बिदा परेकाले सबै सरकारी कार्यालय बन्द रहेको र केही प्राविधिक कुरा मिलाएपछि उडानबारे टुंगो लगाइनेछ।

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply