प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । यद्यपि प्रधानमन्त्री ओलीलाई अहिले पनि चिकित्सकको निगरानीमा रोखर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले बिहीबार विहान १० बजे प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको जनाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो । उनको ‘पेरिटोनाइटिस’ (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै ‘ल्यापरोटोमी’ गरिएको थियो ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply