पर्सामा प्रमुख राजनीतिक दलले भने नारायणी अस्पतालमा भएको घटना दु:खद

पर्सामा प्रमुख राजनीतिक दलले भने नारायणी अस्पतालमा भएको घटना दु:खद

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको तोडफोडको पर्साका प्रमुख राजनीतिक दलले भत्सर्ना गरेका छन् ।नेपाली कांग्रेस पर्सा, जनता समाजवादी पर्सा र नेपाल कम्युनिष्ट पार्टी पर्साले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जको नारायणी अस्पतालमा आज विरोध प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गर्दै भत्सर्ना गरेका हुन् ।

तिनै दलका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै फ्रन्टलाईनमा आएर आफ्नो ज्यान जोखिममा राख्दै मानवीय सेवामा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स चालकलगायतको मनोबल बढाउनुको सट्टा चिकित्सकको गाडीमा तोडफोड गर्नु निन्दनीय भएको बताएका छन् । उनीहरुले फ्रन्टलाईनहरुको मनोबल उच्च राख्न सबैलाई हौसला दिन आग्रह समेत गर्नुभएको छ ।

‘कोभिड–१९ बाट सङ्क्रमितहरुको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, सुरक्षाकर्मिहरु प्रत्येकरूपमा सेवा दिइरहेको सर्बबिधितनै छ । ज्यान जोखिममा राखेर दिन रात मानवजिवनको रक्षामा खटिरहनुभएका ती फ्रन्टलाइनरहरु प्रति हामी संयुक्त रुपमा आभार प्रकट गर्न चाहन्छौं । सङ्क्रमितहरुको उपचार र सेवामा दिनरात समर्पित भइ काम गरिरहनु भएका यस्ता राष्ट्र सेवाहरुलाई मनोवल उच्च राख्न आ–आफ्नो स्तरबाट हौसला बढाई दिन् सम्पूर्ण जनमानससँग हार्दिक अपिल समेत गर्न चाहन्छौं, विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

उचित उपचारको माग गर्दै आइतबार नारायणी अस्पताल अगाडी भएको विरोधको क्रममा प्रदर्शनकारीहरुले नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको गाडीमा तोडफोड गरेका थिए । तोडफोडले गाडीको पछाडीको भागमा क्षति पुगेको थियो ।

विज्ञप्ति मार्फत तिनै दलका अध्यक्षहरुले डा. उदय नारायण सिंहसँग भएको घटनाको निन्दा गर्दै आगामी दिनमा यस्ता घट्ना नदोहोर्‍याउन अपिल गर्नुभएको छ ।

‘कोभिड अस्पतालका इन्चार्ज वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको गाडीमा भएको तोडफोड र अस्पतालमा भएको ढुङ्गामुडाको समेत निन्दा गर्दछौँ । अगामी दिनमा यस्ता क्रियाकालापहरु पुनः नदोहो¥याउन सम्पुर्ण जनमान्समा हार्दिक अपिल गर्दछौँ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विगतका केहि देखिदेखि निजि अस्पतालहरुको लापरवाहीका कारण वीरगञ्जमा केहि व्यक्तिले ज्यान गुमाउनु परेको कुरा दु:खद भएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ । साथै अस्पतालहरुले बन्द गरेका सेवाहरु तत्काल सुरु गर्न समेत उनीहरुले अनुरोध गर्नुभएको छ ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply