न्युजिल्यान्डलाई १ सय ८० रनको लक्ष्य

न्युजिल्यान्डलाई १ सय ८० रनको लक्ष्य

काठमाडौं । रोहित शर्माको अर्धशतकमा पाहुना टोली भारतले तेस्रो टि–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डसामु १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्यान्डसामु १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

सेडन पार्कमा भारतका लागि रोहित शर्माले अर्धशतक बनाए । ४० बल खेलेका रोहितले ६ चौका ३ छक्काको मदतमा ६५ रन बनाए ।

कप्तान विराट कोहलीले ३८ रनको योगदान दिदाँ केएल राहुलले २७ तथा श्रेयस ऐयरले १७ रन जोडे । मनिष पाण्डेले १४ रन बनाउँदा रविन्द्र जडेजले १० तथा शिभम डुबीले ३ रन बनाएका थिए ।

न्यूजिल्याण्डका हमिस बेन्नेटले सर्वाधिक ३ विकेट लिए । कोलिन डि र मिचेल सान्टनरले १–१ विकेट लिए ।

१ सय ८० रनको लक्ष्य पाएको न्यूजिल्याण्डले अहिले केहीेबेरमा जवाफी ब्याटिङ गर्नेछ । पाँच टि–ट्वान्टी सिरिजमा लगातारको जितसँगै २–० को अग्रता बनाएको भारत तेस्रो टि–ट्वान्टी खेल पनि जित्न चाहान्छ ।

यसअघि भएको पहिलो टि–ट्वान्टी खेलमा न्यूजिल्याण्ड ६ तथा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।श्रोत १२खरी

Dipu Barnawal
author

Related Articles

Leave a Reply