दुई लाखको लागतमा हमार जोडी हिट सार्वजनिक

भगतराम थारु
नेपालगन्ज ,०२ भाद्र
थारु म्युजिक भिडियो हमार जोडी हिट २ लाखको लागतमा तयार भएको छ हमार जोडी हिट बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास) ले २ लाखको लागतमा सार्वजनिक गर्न सफल भएको दावी गर्नभयो । चर्चित थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको सोमवार हमार जोडी हिट बोलको गित सार्वजनिक भएको हो । पछिल्लो समयमा थारु म्युजिक भिडियोमा पनि ठुलो लगानी र क्वालि

टिका म्युजिक भिडियो तयार भैरहेको यो हमार जोडि हिट पहिलो गित भएको कलाकार नरेश चौधरीले भन्नुभयो । २ लाख बढि लागतमा निर्माण भएको यो थारु भाषाको गित पहिलो पटक भएको उहाँले दावी गर्र्नभयो । गितमा बढिभाग मेकअप, पहिरन, लाईट, स्थानमा बढि खर्च लागेको कलाकार देवदासले भन्नुभयो । राप्ती सोनारी गाउँपालिकामा बसोवास गर्र्दै आउनु भएका अहिलेका मनमनमा बस्न सफल सवैका ढुकढुकी तथा चकलेटी हिरो भनेर चिनिने देवदास एकपछि अर्का सफल म्युजिक भिडियो निकाल्न सफल भएका छन् । मिनिस्कटवाली छैली पलतके हेरो, बोलो न बोलो बताउ न बताउ, छम्मक छम्मक, फुलकुमारी, लगायतका चर्चित चर्चित भिडियो हुन् ।

थारु म्युजिक भिडियो मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल देवदासले पहिलो पटक २ लाखको लागतमा हमार जोडी हिट बोलको गित छायाङकन गरेको दावी गर्र्नुभयो । आरकेसी डिजिटल स्टुडियो कोहलपुर पिपरीको युट्युव च्यानलबाट सार्वजनिक भएको हमार जोडी हिट बोलको गित नेपालगन्जको कलपतरु हेटलमा छायाङकन गरिएको सुटिङ युनिटले जानकारी गराएको छ । हमार जोडी हिट बोलको गितमा गायक गणेश चौधरी र गायीका सोनी कुश्मीले स्वर दिएका छन । डाइरेक्सन सुरज कुसुम्याको रहेको छ भने क्यामरा तथा मिक्सिङ रामु चौधरीले गर्नुभएको छ ।

Related Articles

Leave a Reply