डा. केसीको समर्थनमा प्रदर्शन : ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’

डा. केसीको समर्थनमा प्रदर्शन : ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’

काठमाडौं – अनसनरत डा. गोविन्द केसीको समर्थनमा विहीबार (आज) पनि प्रदर्शन गरिएको छ । डा. केसीको समर्थन गर्दै काठमाडौंको माइतीघर मण्डलामा सयौं युवाहरुले स्वतःस्फूर्त प्रदर्शन गरेका हुन् ।

युवाहरुले ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ‘डा. केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’, ‘अख्तियारमाथिको हस्तक्षेप बन्द गर, दलीय भागबण्डा बन्द गर’, ‘लुटतन्त्र बन्द गर’, ‘डा. गोबिन्द केसीको माग पूरा गर’लगायत प्ले–कार्डसहित प्रदर्शन गरेका हुन् ।

डा. गोविन्द केसीले नेपालीहरुको निःशूल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र, तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेका थिए ।

तर, उनको स्वास्थ्यमा समस्य आएपछि अहिले उनलाई काठमाडौं ल्याइसकिएको छ । हाल उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षामा अनसनरत छन् ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply