चीनको आकाशनजिकै बेपत्ता भएकाे भारतीय विमान दुर्घटनाग्रस्त भेटियो, १३ जनाकै मृत्यु

चीनको आकाशनजिकै बेपत्ता भएकाे भारतीय विमान दुर्घटनाग्रस्त भेटियो, १३ जनाकै मृत्यु

एजेन्सी । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएको भारतीय वायुसेनाको विमानको अवशेष फेला परेको छ । अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त दुर्घटनाग्रस्त एएन–३२ विमानको अवशेष फेला पारेको हो । गएको जून ३ मा उक्त विमान बेपत्ता भएकाे थियाे ।
सांकेतिक तस्वीर

विमानमा सवार १३ जनाकै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जानाएको छ । मृत्यु हुनेमा विङ कमाण्डर जीएम चार्ल्स, स्क्वाडर्न लिडर एच विनोद, फ्लाइट लेफ्टिनेन्ट एलआर थापा, एमके गर्ग, आशिष तनवर, सुमित मोहन्ती, वारेन्ट अफिसर केके मिश्रा, सर्जेन्ट अनुप कुमार, कोर्पोरल शेरिन, एलएसी एसके सिंह, एलएसी पंकज तथा गैरलडाकु राजेश कुमार तथा पुताली रहेका छन् ।

भारतीय वायुसेनाका प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘भारतीय वायु सेना ३ जून, २०१९ मा भएको एएन–३२ विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । भारतीय वायु सेना मृतकका परिवारको साथमा छ ।’

आठ चालक दलका सदस्य र ५ यात्रु रहेको भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता हुँदा धेरैले चीनमाथि शंका थिए ।

Avatar
administrator

Related Articles

Leave a Reply