अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति

अदालतले दियो रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति

मुम्बई – सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषध सेवन भएको देखिएपछि पक्राउ परेकी सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

रियालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको थियो । सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दाको अनुसन्धानका लागि रियालाई ६ अक्टोबरसम्म हिरासतमा राखेर थप अनुसन्धान थालिने भएको छ

रियासहित उनका भाइ शौविकसहित अन्य केहीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

लागुऔषध दुर्व्यसनीमा अन्य नायिकाको नाम पनि जोडिएको छ । यो घटनामा रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि तानिएका छन् । उनीहरूलाई एनसीबीले सोधपुछका लागि बोलाउने तयारी थालेको छ ।

गत जुनमा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको निधनपछि बलिउडमा नेपोटिज्म, ग्रुपिजम र ड्रग्सबारे बहस भइरहेको छ ।

Dipu Barnawal
author

Related Articles

Leave a Reply